चैत १५, २०८०, बिहीबार
               

आइपिएल : मुम्बई र कोलकाता आमनेसामने भिड्दै

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल मा बुधबार (आज) कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीचको खेल हुँदै छ । शैख जायद रंगशाला अबुधावीमा हुने खेल नेपाली समयअनुसार पौने आठ बजे सुरु हुनेछ ।

यसअघि एक खेल खेलिसकेको मुम्बई कोलकाताविरुद्ध जीत निकाल्ने लक्ष्यमा छ यस्तै, मुम्बईसँग खेल्दै यो सिजनको सुरुवात गर्न लागेको कोलकाता सुखद् सुरुवातको योजनामा छ ।

मुम्बई यसअघि पहिलो खेलमा चेन्नाई सुपर किङ्स सँग पराजित भएको थियो । साविक विजेता टोली मुम्बईको टोलीको नेतृत्व भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले गरिरहेका छन् भने कोलकाताको कप्तान दिनेश कार्तिक छन् ।

मुम्बई आइपिएलको सफल टोली हो । तर, पनि आजको खेलमा यी दुई टोलीबीच को बलियो भन्नेमा क्रिकेट विश्लेषकका आ–आफ्नै विचार छन् ।

विदेशी खेलाडीसहितको सन्तुलित टोलीका रुपमा कोलकता रहेको छ भने मुम्बईमा भारतकै पनि ठूला क्रिकेटर छन् ।
कोलकातामा अलराउण्डर आन्द्रे रसेल, इयोन मोर्गन, पेट कुमिन्स र सुनिल नाराने जस्ता खेलाडी छन् भने मुम्बईमा कप्तान शर्मा, हार्दिक पाण्ड्या, क्विन्टन डि कक, जस्प्रीत बुम्राह, किरन पोलार्ड जस्ता खेलाडी छन् ।

यी दुई टोलीले आइपिएलमा खेलेको खेल हेर्ने हो भने मुम्बई बलियो देखिन्छ । जसमा अहिलेसम्म मुम्बई र कोलकाताले २५ खेल खेलेका छने । त्यसमा १९ खेल मुम्बईले जितेको छ भने ६ खेल मात्रै कोलकाताले जितेको छ ।


कस्तो लाग्यो ?

यो पनि