चैत १६, २०८०, शुक्रबार
               

काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि