बैशाख १३, २०८१, बिहीबार
               

गजुरीमा पहिरो, दुई वटा कन्टेनर पुरिए

नेपाल फ्ल्यास
असोज ०७, २०७७

फाइल फोटो
ADVERTISEMENT

धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् ।

सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 
 
गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिरोले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । 

अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । 

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाले पहल गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि