बैशाख ०८, २०८१, शनिबार
               

महालक्ष्मी विकास बैंकद्वारा ब्याजमा १० प्रतिशत छुट

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्‍याउने उद्देश्यले ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता र ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदरसमेत घटाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

यो पनि