बैशाख ११, २०८१, मंगलबार
               

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति बनेको छ ।

सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरता पूर्वक लागू गर्ने उल्लेख छ ।

सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ ।

अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर, पछिल्लो सहमति अनुसार एलएसीमा निर्माण कार्य तत्काल हुने छैन ।

यस्तै जतिसक्दो चाँडो कमाण्डर तहको सातौँ वार्ता गर्ने पनि सहमति भएको छ । सीमामा शान्ति कायम गर्नका लागि ठोस कदम चाल्ने पनि उल्लेख छ ।

हिन्दी पत्रिका दैनिक जागरणले सन् २०१७ मा डोकलाममा भएको तनावपछि एलएसी चीनले आफ्नो क्षमता बढाएको उल्लेख छ । डोकलाम घटनापछि चीनले एलएसीमा क्षमता दोब्बर पारेको खबरमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि