चैत १६, २०८०, शुक्रबार
               

भारतमा ९० हजारभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?

एजेन्सी
असोज ०७, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ९० हजार २१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सेप्टेम्बर १ देखि भारतमा हरेक दिन (दैनिक) एक हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । सेप्टेम्बरमा मात्र करिब २५ हजारको मृत्यु भइसकेको बताइएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट ५६ लाख ४० हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८० हजार ३७६ जनामा संक्रमण पुष्टि भएको छ । 

कोरोनाबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा १२ लाख ४२ हजार सात सयभन्दा धेरै संक्रमित भइसकेका छन् भने ३२ हजार ४०७ जनाको मृत्यु भएको छ । 

यस्तै आन्द्र प्रदेशमा ६ लाख ३९ हजार तीन सयभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ भने, पाँच हजार ४६१ जनाको मृत्यु भएको छ । 

तमिलनाडुमा पाँच लाख ५२ हजार ६ सय संक्रमित छन् भने आठ हजार ९४७ जनाको मृत्यु भएको छ । कर्नाटकमा पाँच लाख ३३ हजार ८ सय व्यक्ति संक्रमित हुँदा आठ हजार २२८ जनाको मृत्यु भएको छ । 

उत्तर प्रदेशमा तीन लाख ६४ हजार पाँच सय संक्रमित भएका छन् भने पाँच हजार २१२ जनाको मृत्यु भएको छ । दिल्लीमा दुई लाख ५३ हजारमा संक्रमण पुष्टि हुँदा पाँच हजार ५१ जनाको मृत्यु भएको छ ।  

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हो । अमेरिकामा हालसम्म दुई लाख पाँच हजार ४३९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यस्तै दोस्रो प्रभावित मुलुक ब्राजिलमा एक लाख ३८ हजार कोरोना संक्रमितको मृत्यु भएको छ । 

विश्वभर हालसम्म ९ लाख ७४ हजार कोरोना संक्रमितको ज्यान गइसकेको छ भने तीन करोड १७ लाख ६१ हजारभन्दा बढी संक्रमित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि