बैशाख ०८, २०८१, शनिबार
               

लकडाउनमा स्वस्तिमा: आधा दर्जन फिल्मको अफर, एउटामा काम गर्ने पक्का

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

लकडाउनको समयमा घरमा नै थुनिएर बसेकी अभिनेत्री स्वस्तिमा खड्कालाई चलचित्रको अफर आउने क्रममा केही कमी भएको छैन । लकडाउनकै समयमा स्वस्तिमालाई आधा दर्जनभन्दा बढी चलचित्रबाट अफर आए । 

स्वस्तिमालाई सिक्किमका केही चलचित्रकर्मीहरूले पनि अफर गर्न भ्याए । सिक्किमका ३ वटा चलचित्रबाट स्वस्तिमालाई अफर आएको थियो । 

तर, स्वस्तिमाले एक चलचित्रमा मात्रै काम गर्ने पक्का गरेकी छिन् । बाकीं केही चलचित्र विचाराधिन अवस्थामा छन् भने केही चलचित्रमा उनी काम नगर्ने मनस्थितिमा छिन् ।

स्वस्तिमाले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’मा काम गर्ने पक्का भएको छ । त्योसँगै स्वस्तिमाले एक छोटो चलचित्रमा पनि काम गर्ने सोच बनाएकी छिन् । एक सिक्किमको चलचित्रको आइडिया पनि स्वस्तिमालाई मन परेको छ । तर, त्यसमा काम गर्ने नगर्ने पक्का छैन ।

स्वस्तिमा आफूलाई आएका अन्य स्कृप्टहरु उत्साहजनक नभएको बताउँछिन् ।

यो पनि