चैत १५, २०८०, बिहीबार
               

बलात्कार आरोपी १२ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

ईलाम । १२ वर्ष अगाडि सामूहिक बलात्कार गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार  उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा २०६४ सालमा झापा साधुहोली जंगलमा सामुहिक रुपमा बलात्कार गरी फरार रहेका इलाम चुलाचुली गाँउपालिका-३ बस्ने ३० वर्षीय मिलन राई भन्ने अनिश राई र सोही स्थान बस्ने ३१ वर्षीय जित कुमार राई भन्ने निश्चल राई रहेका छन् ।

उनीहरूलाई २०६७ साल फागुन ११ गते अदालतबाट ११ वर्ष १ महिना १५ दिन कैद र जनही २१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । दुबैलाई जिल्ला अदालत ईलाममा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार कार्यालय ईलाममा पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि