बैशाख ०८, २०८१, शनिबार
               

भारतमा एकैदिन डिस्चार्ज हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै

एजेन्सी
असोज ०६, २०७७

ADVERTISEMENT

भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु संक्रमणमुक्त भएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मङ्गलबार जानकारी दिएको छ ।

मन्त्रालयले कुल सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु संक्रमणमुक्त भएको पनि जनाएको छ ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, “भारतमा संक्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।”

भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ । 

कुल संक्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि