बैशाख १४, २०८१, शुक्रबार
               

बाटोमा हिँड्दै गर्दा खसेको पहिरोले पुर्दा दुईजनाको मृत्यु

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

पहिरोमा परी दुई जनाको मत्यु भएको छ ।इस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जनाको  शव मंगलबार बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव फेला परेको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।

उनीहरु सडकमा हिँड्दै गरेको अवस्थामा सडकमाथिबाट खसेको पहिरोले पुर्दा बेपत्ता भएका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।


कस्तो लाग्यो ?

यो पनि