बैशाख ०८, २०८१, शनिबार
               

सरकारले राष्ट्रिय सम्मानका साथ शेर्पाको अन्त्येष्टि गर्ने

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  सरकारले सोमबार मृत्यु भएका पर्वतारोही आङरिता शेर्पालाई सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । 

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बालुवाटार स्रोतका अनुसार शेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने  र किरिया खर्च सरकारले बेहोर्ने निर्णय भएको छ ।

उनले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएका थिए ।  

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ हिउँचितुवाका नाममले प्रख्यात छन्।  उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

सन् १९९६ मा बिनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वाेच्च शिखर सगरमाथा मात्रै नभई बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटक-पटक आरोहण गरेका छन् ।

सन् १९४८ मा जन्मिएका आङरिताको पुर्ख्यौली पेसा चौंरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिनाअक्सिजन पहिलो पटक सन् १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

यो पनि