बैशाख १२, २०८१, बुधबार
               

तोलामा १७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य आज  (मंगलबार) एकैदिन तोलामा १७०० रुपैयाँले घटेको छ । 

हिजो (सोमबार) को तुलनामा आज (मंगलबार) चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ तोकेको छ ।

त्यसैगरी महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

चाँदीको मूल्य भने प्रतितोला १२३० रुपैयाँमा झरेको छ । सोमबार १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको हो ।


कस्तो लाग्यो ?

यो पनि