बैशाख १२, २०८१, बुधबार
               

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तक वितरण नगर्न निर्देशन

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

काठमाडौं।सरकारले शिक्षा मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक तत्काल वितरण नगर्न निर्देशन दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएपछि सरकारले यस्तो निर्देशन दिएको हो । 

यसका अलवा परराष्ट्र मन्त्रालयले पुस्तकमा प्रयोग भएका शब्दहरु कूटनीतिक मर्यादाबमोजिम नभएको र भूमि व्यवस्था मन्त्रालयले नेपालको हुनुपर्ने भूगोलको क्षेत्रफल बिग्रेको टिप्पणी थियो ।

नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । लिम्पियाधुरालगायत क्षेत्र समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमात्र थियो ।

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्द कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा नमिलेको भन्दै सरकारले तत्काल सो पुस्तक वितरणमा रोक लगाएको छ । सो निर्देशनमा सम्बन्धित मन्त्रालयको टिप्पणीपश्चात् पुस्तक बजारमा नल्याउन निर्देशन दिएको ऊर्जामन्त्री वर्षमान पुनले बताए । 

यो पनि