बैशाख ०७, २०८१, शुक्रबार
               

'रेड वाइन'मा पल र साम्राज्ञी एकसाथ

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । पल र साम्राज्ञीले चलचित्र 'रेड वाइन'मा एकसाथ काम गर्न लागेका हुन् ।

संचारकर्मी तथा निर्माता रमेश एमके पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको यस चलचित्रको लागि दुबै कलाकारले सम्झौता समेत गरिसकेका छन् ।

अमेराकामा छायांकन गर्ने भनिएको यस चलचित्रको लागि कलाकार सन्दीप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामा पनि पक्का भइसकेका छन् ।

आर्यन फिल्मस् र वोधी एचडीको संयुक्त व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई अमेराकामा बस्दै आएका पासाङ लामा र आर्यन पौडेलले निर्माण गर्न लागेका हुन् । चलचित्रमा निरु भण्डारीको पनि लगानी रहने छ ।

चलचित्रको पटकथा तथा संवाद सविर श्रेष्ठले तयार गरिरहेका छन् । चलचित्रको छायांकन दशैं र तिहारको बीचमा गर्ने योजना निर्माण पक्षको रहेको छ ।

यो पनि