बैशाख ०८, २०८१, शनिबार
               

फिल्म 'हिड्दा हिड्दै' बन्ने, मुख्य भूमिकामा आकाश र सलोन

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

कोरोनाका कारण बिगत ६ महिना यता चलचित्र सम्बन्धि कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । 

यस्तैमा सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको छ । मिलन आलो मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘हिड्दा हिड्दै’को सोमबार निर्माण घोषणा तथा शुभमुहूर्त गरिएको हो ।

'नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट'को ब्यानरमा निर्माण हुने प्रेमकथानक चलचित्र 'हिड्दा हिड्दै'मा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापासँगै नव-नायिका रेखा शाह प्रमुख भूमिकामा छन् । 

दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता र सुशील पंगेनी प्रस्तुतकर्ता रहेको चलचित्रको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् ।

काठमाडौं उपत्यका र तराइमा खिचिने चलचित्रमा देव महर्जनको द्धन्द्ध निर्देशन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहने छ । सुमनकुमार तण्डुकारले खिच्ने चलचित्रको छायांकन असोज दोश्रो साताबाट सुरु हुनेछ ।

यो पनि