बैशाख १३, २०८१, बिहीबार
               

बलात्कार अभियोगमा ३ जना पक्राउ

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । २८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा बलात्कार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डललाई प्रहरी पक्राउ गरेकाे हाे ।

उनीहरूले विभिन्न डरत्रास धाकधम्की देखाई पटक पटक बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि