बैशाख १२, २०८१, बुधबार
               

मध्यसोलु हाइड्रोपावरको काम दसैँअगावै सुरु हुने

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

सोलुखोलामा ९.५ मेगावाटको मध्यसोलु हाइड्रोपावर निर्माणको काम दसैँअगाडि नै सुरु हुने भएको छ । सो आयोजनाबारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दसैँअघि नै निर्माण कार्य सुरु हुने जानकारी दिएको हो । 

आयोजनाबाट नगरपालिकाका वडा ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिए । 

छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका­ ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ति जनाएका थिए ।  

आयोजनाको काम गत फागुनमा सुरु हुनुपर्ने भए पनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रतिमेगावाट १५ करोड लागत अनुमान गरिएको सो आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्नेगरी सम्झौता गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलगायत बैंकको ऋण सहायता रहने बताइएको छ ।  
नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाइड्रोपावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३.५ मेगावाटको माथिल्लो सोलु खोला ८६ मेगावाटको सोलु दूधकोशी आयोजना निर्माण भइरहेको छ ।

उक्त आयोजनामध्ये २३.५ मेगावाटको माथिल्लो सोलुखोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । 
­­­


कस्तो लाग्यो ?

यो पनि