बैशाख १४, २०८१, शुक्रबार
               

उपासनाले पढिन् ३ चलचित्रको स्कृप्ट, फाइनल हुन बाकीं

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु मारेकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । पहिलो चलचित्रबाट नै उपसनाले आफूलाई सम्भावित अभिनेत्रीको रुपमा खडा गरिन् । उनको कामको प्रशंसा नै भएको थियो । 

दोस्रो चलचित्रको रुपमा उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन । उक्त चलचित्रले पनि उपासनालाई सफलता नै  दियो । अहिले उपसना तेस्रो चलचित्रको लागि तयारी गरिरहेकी छिन् ।

उपासनालाई यस बीचमा धेरै चलचित्रको अफरहरु आइरहेका छन् । उपसनाले भने ३ वटा चलचित्रको स्कृप्ट नै पढिसकेकी छिन् । तर, उनी कुनै पनि चलचित्रमा अनुबन्धित भने भइसकेकी छैनन् । ती ३ वटै चलचित्र पनि गर्ने वा नगर्ने दोधारमा छिन् उपसना । 

दुई चलचित्र लगतार सफल दिएकी उपासनालाई सफलताको ह्याट्रिक गर्नु छ । त्यसैले पनि उनी चलचित्र छनोटमा केही गम्भिर देखिएकी छिन् । आफ्नो अभिनयको करिअरलाई सुखद बनाउन पनि उनी ढिला गरेर भएपनि राम्रो चलचित्रको प्रतिक्षामा छिन् ।

यो पनि