चैत १६, २०८०, शुक्रबार
               

यसकारण उत्तर कोरियाले फर्काइदियो चीनबाट आएको मास्क

एजेन्सी
असोज ०४, २०७७

ADVERTISEMENT

चीनबाट आएको ठूलो परिमाणको मास्क उत्तर कोरियाले फिर्ता पठाइदिएका छन् । मास्कको अभाव भइरहेको समयमा उत्तर कोरियाले मास्क फिर्ता पठाइदिएको हो ।

उक्त मास्क दक्षिण कोरियामा बनाइएको हुनसक्ने आशंकामा उत्तर कोरियाका अधिकारीहरुले मास्क फिर्ता गरेका हुन् । किनकी, दक्षिण कोरियामा बनेका सामाग्री आयात उत्तर कोरियामा अवैध मानिन्छ ।

सीमा क्षेत्रबाट तस्करी भएर आएका अन्य सामाग्री उत्तर कोरियाको बजारमा खुलेयाम बिक्री भइरहेका बेला स्वास्थसेवासँग जोडिएको मास्क अस्विकार गर्नुलाई त्यहाँका व्यापारीहरुले अनौठो मानेका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन दक्षिण कोरियाबाट आफ्नो सत्तामाथि षडयन्त्र हुनसक्नेमा शशंकित छन् । उनले दक्षिणमाथि बिस्तारवादीहरुको सञ्जाललाई समर्थन गरिरहेको आरोप समेत लगाउँदै आएका छन् । किमका अनुसार उनको 'सत्ताविरुद्ध विषवमन गर्नका लागि बिस्तारवादीहरुले फैलाएको प्रोपोगान्डालाई दक्षिणले सहयोग गरिरहेको छ ।' 

चीनियाँ सीमा शहर डानदोङका एक व्यापारीका अनुसार उत्तर कोरियाको एक स्टोरमा महिना दिनसम्म राखेपछि उक्त मास्क फिर्ता गरिएको हो । 

‘उत्तर कोरियाली कम्पनीहरुले केही महँगो मुल्य परेपनि उच्च स्तरको मास्क पठाइदिन अनुरोध गरेका थिए,’ ती व्यापारीले भनेका छन्, ‘त्यसैले चिनियाँ व्यवसायीहरुले १५ हजार थान केएफ ९४ मास्क पठाए । यो मास्क दक्षिण कोरियामा समेत उच्च गुणस्तरको मानिन्छ ।’

तर, उत्तर कोरियाबाट ती मास्क फिर्ता भएको छ । उत्तर कोरियाली अधिकारीहरुलाई उक्त मास्क चीनमा निर्माण नभएको आशंका लागेपछि मास्क फिर्ता पठाइएको हो ।


कस्तो लाग्यो ?

यो पनि