चैत १६, २०८०, शुक्रबार
               

पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिने कोषले जानकारी दिएको छ । 

मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई–दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।

विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । 

त्यसैगरी मन्दिरभित्र प्रवेश गरेपछि पुरै मन्दिर परिक्रममा गर्न भने पाइने छैन । दर्शनार्थी मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्नेछ । 

कार्यकारी निर्देशक खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने तत्काल नुहने बताइएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए ।

अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । 

सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि