चैत १६, २०८०, शुक्रबार
               

कोभिड- १९ नयाँ नियम : घर आइसोलेसनमा नबसे १५ लाख जरिबाना

एजेन्सी
असोज ०४, २०७७

ADVERTISEMENT

इंग्ल्यान्डमा सेल्फ आइसोलेसनमा बस्नका लागि दिइएको निर्देशन बेवास्ता गरे त्यस्ता व्यक्तिलाई १० हजार पाउण्डसम्म (१५ लाख नेपाली रुपैयाँ) जरिवाना हुनसक्ने इङ्गल्यान्ड सरकारले बताएको छ ।

नयाँ कानूनको नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा शंका लागेका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ।

नयाँ नियमअन्तर्गत कम आयु भएकालाई एकपटक ५ सय पाउण्ड सहायता दिनुपर्ने र आइसोलेसनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ बताएको छ ।

सङ्क्रमितको सङ्ख्या तिब्ररुपमा बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले प्रतिबन्धहरू कडा बनाउँदै केही नियमहरू लागू गरेका हुन् ।

नियम तोड्नेलाई सुरुमा १ हजार पाउण्ड हुनेछ भने, दोहोर्याएर नियम तोड्ने र नियमको केही पनि कदर नगनेलाई १० हजार पाउण्डसम्म तिर्नुपर्ने । इङ्ग्ल्याण्डका लागि नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना गरेको  बताए ।

त्यसैले यी नियम मान्न कति महत्त्वपूर्ण छ भन्ने विषयलाई कसैले पनि कम आँक्न हुँदैन, नयाँ नियमहरूको अर्थ तपाईँलाई न्याश्नल हेल्थ सर्भिस एनएचएसले परीक्षण वा सङ्क्रमितको निकट रहेको भनेको छ भने तपाईँ नियम मान्न कानूनी रूपमा बाँधिनु भएको छ भन्ने हो ।

'जोखिममा रहेका मानिसलाई सङ्क्रमण हुनबाट जोगाउन, एनएचएसको रक्षा गर्न र जीवन बचाउनका लागि भाइरस नियन्त्रण गर्न हामीले गर्न सकिने सबै कुरा गर्नुपर्छ,' उनले भने।

यो पनि