चैत १५, २०८०, बिहीबार
               

सरकार आफूप्रति असन्तुष्टि राख्नेहरुलाई तर्साउन उद्धत रहेको गगन थापाको भनाइ

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस नेता तथा प्रतिनिध सांसद गगनकुमार थापाले सरकार आफूप्रति असन्तुष्टि राख्नेहरुलाई तर्साउन लागी परेको बताएका छन् । 

आइतबार नेता तथा संसद थापाले एक सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । ‘लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्ने होइन,’ उनले सो सार्वजनिक सञ्जालमा भनेका छन्, ‘पछिल्ला केही घटना हेर्दा ड्युटीमा खटिएका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्रै हो भन्न सकिन्न, किनभने यी घट्नाहरू घटी रहँदा गृह मन्त्रालयबाट विभिन्न सर्कुलर गरिएको भन्ने सुनिएको छ ।’

प्रहरीबाट हुने गरेका घटनलाई छिटपुट माने पनि पछिल्लो समय प्रहरी  प्रहरी प्रशासन कति संवेदनहीन र असक्षम हुने गरी उत्रिएको उनको आरोप छ ।

 


कस्तो लाग्यो ?

यो पनि