बैशाख ११, २०८१, मंगलबार
               

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

कास्की । ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३२ वर्षीय बिकाश विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विक उपर बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि