बैशाख १२, २०८१, बुधबार
               

इजरायलमा फेरि लकडाउन

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रोपटक लकडाउन गरिएको छ ।

महामारी  फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रोपटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ ।

दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि फेरि लकडाउन गरिएको प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जनाएका छन् ।

९० लाख जनसंख्या भएको इजरायलमा पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट १ हजार १९६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजारभन्दा बढीलाई संक्रमण भइसकेको छ ।

यसअघि इजरायलले मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म पनि लकडाउन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि