बैशाख ०७, २०८१, शुक्रबार
               

पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिरोको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिरोको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए ।

उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे,  देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिरोले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ । बाँधसिम्ले गोठ पुरिँदा कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ । कतै घर बग्न लागेका छन् भने कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्त हुनाका साथै घर नै जोखिममा परेको छ । 

काल्चेका चार घर क्षतिग्रस्त भएका  छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा छ घर उच्च जोखिममा छन् । ३० भन्दाबढी घर परिवार बस्ने सेपगाउँ नै पहिरोको कारण उच्च जोखिममा छ । कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि दुई घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताए । सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् ।

पहिरोबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकाले उनीहरूलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ । सङ्कटको अवस्थामा वडाभित्रका सरकारी भवन संरचनामा बस्न स्थानीयवासीलाई अनुरोध गरिएको थापाले बताए । 


कस्तो लाग्यो ?

यो पनि