बैशाख ११, २०८१, मंगलबार
               

गुगलले हटाइदियो भारतीय चर्चित एप

एजेन्सी
असोज ०२, २०७७

ADVERTISEMENT

भारतको एउटा चर्चित एप्लिकेसन गुगलले प्ले स्टोरबाट हटाइदिएको छ ।

बिबिसीका अनुसार, पेटिएम एप गुगलले प्ले स्टोरबाट हटाइदिएको हो ।

गुगलले अनलाइन बाजीसम्बन्धी शर्तहरु उल्लंघन गरेको आरोप लगाएको छ । पेटिएम भारतको एक चर्चित एप हो । 

महिनामा झण्डै पाँच करोड सक्रिय प्रयोगकर्ता रहेको पेटिएम एपको दाबी छ । एपका अनुसार उसका कुल ३५ करोड प्रयोगकर्ता रहेका छन् ।

गुगलका सह अध्यक्ष सुजेन फ्रेले यो एपले गुगलका सुरक्षासम्बन्धी नीतिहरु उल्लंघन गरेको र ग्राहकहरुले असुरक्षित महसुस गरेकाले प्ले स्टोरबाट हटाइएको बताएका छन् ।

पेटिएमले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसबारे जानकारी दिँदै नयाँ अपडेट गुगलमा उपलब्ध नभएको, प्रयोगकर्ताहरुको सबै पैसा सुरक्षित रहेको र छिट्टै गुगलमा उपलब्ध हुने उल्लेख गरेको छ ।

यो पनि