चैत १६, २०८०, शुक्रबार
               

साइप्रसबाट थप ६३ जना नेपाल फर्किए

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

साइप्रसबाट थप ६३ जना नेपाली स्वदेश फर्किएका छन् । 

कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीहरु स्वदेश फिर्ता भएका हुन् ।

नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसको सहकार्यमा उनीहरुलाई निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए ।

समस्यामा परेका विद्यार्थी तथा कामदारलाई आईओएम साईप्रसको विशेष पहलमा स्वदेश फर्काइएको उनले बताए ।

साइप्रसमा समस्यामा परेका अन्य नेपालीलाई समेत छिट्टै सोही प्रक्रियाबाट स्वदेश फर्काइने घिमिरेले बताए ।


कस्तो लाग्यो ?

यो पनि