बैशाख ०८, २०८१, शनिबार
               

चलचित्रकर्मी उदयको प्रश्न- अन्य क्षेत्र संचालन हुँदा चलचित्र क्षेत्र किन भएन ?

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

असोज १ गतेबाट सरकारले सम्पूर्ण व्यापार व्यावसाय तथा लामो दुरीका यातायातसम्म खोलिसकेको छ । तर, सबैभन्दा पहिला बन्द भएको चलचित्र क्षेत्र कहिले खुल्ने हो भन्ने विषयमा अझै निर्णय हुन सकेको छैन । 

अन्य क्षेत्र संचालनमा आइसकेकाले अब भने चलचित्रकर्मीहरुले पनि चलचित्र क्षेत्र संचालन गर्न दवाद दिइरहेका छन् । चलचित्र निर्माता तथा हल संचालक प्रदीप कुमार उदय सामाजिक संजालबाट चलचित्र क्षेत्र संचालनको लागि दवाव दिइरहेका छन् । 

बिहिबार परेको चलचित्र दिवसको शुभकमना दिँदै उनले चलचित्र क्षेत्र किन नखुलेको भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, 'स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने भन्दै सरकारले सबै व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेको अवस्थामा त्यही भनेर नै चलचित्र क्षेत्र खोल्न किन नहुने ?'

उदय कोरोनाको उच्च जोमिखमा रहेका देशकहरुमा पनि अहिले हल चलचित्र क्षेत्र संचालनमा आइसकेकोले नेपालमा पनि हल संचालन गर्नुपर्ने माग गरिरहेका छन् ।

उच्च सतर्कता अपनाएर अब चलचित्र क्षेत्र सुरु गर्नुपर्ने उदयको भनाई छ ।

यो पनि