चैत १६, २०८०, शुक्रबार
               

वर्षालाई आएन चित्तो बुझ्दो फिल्म

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

लकडाउनका कारण चलचित्र क्षेत्र ठप्प छ । चलचित्रजन्य सम्पूर्ण कामहरु रोकिएका छन् । तर, यो समयलाई सदुपयोग गर्दै केही लेखकहरुले चलचित्रको स्कृप्ट तयार गरेका छन् । केही चलचित्र निर्माताहरु कोरोनाको त्रास सकिए लगत्तै छायांकनमा जाने तयारी गरिरहेका छन् । 

यस्तैमा, अहिले कलाकारहरु पनि नयाँ-नयाँ चलचित्रमा आबद्ध भएको समाचारहरु आइरहेको हुन्छ । कोही आफ्नो छायांकनको लागि तयार रहेको चलचित्रको तयारी गरिरहेका छन् । 

यो लकडाउनको समयमा अभिनेत्री वर्षा सिवाकोटीलाई आधा दर्जन चलचित्रबाट अफर आयो । तर, यी कुनै चलचित्रमा वर्षाको मन बसेन । उनीले कुनै पनि चलचित्रमा काम गर्ने रुचि देखाइनन् ।

'प्राय: चलचित्रमा कोरोनाको विषयलाई छुवाइएको छ । तर, कुनै पनि चलचित्रको स्कृप्ट दमदार छैन', वर्षाले बताइन् ।

वर्षाले चलचित्र 'चालवाज'को छायांकन सकाएकी छिन् । 'परदेशी २'को छायांकन रोकिएको छ । त्योसँगै वर्षा 'गोर्खा वारियर', 'सुदुर', 'नाई नभन्नु ल ६' लगायत चलचित्रमा अनुबन्धित छिन् ।

यो पनि