बैशाख १४, २०८१, शुक्रबार
               

सोलुखुम्बुमा पहिराेले एक घर पुरियाे

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ नाजिङमा पहिरोले एक घर पुरेकाे छ भने चार घर जोखिममा परेका छन् । बिहीबार बिहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुङ्गा–माटोले बनेको दुई तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

पहिरोका कारण स्थानीय जसवीर राई, हर्कजित राई, भीम कुविर राई र रामकुमार राईको घर जोखिममा परेको छ । 


कस्तो लाग्यो ?

यो पनि