चैत १६, २०८०, शुक्रबार
               

यस्तो बन्यो रानीपोखरी (फोटोफिचर)

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य आखिरी चरणमा पुगेको छ । लकडाउन र निषेधाज्ञा बीचमा पनि  तीव्र गतिमा काम हुँदै आएको छ । रानीपोखरी निर्माणको काम सकिएर अहिले फिनिसिङको काम भइरहेको छ ।

दशैँ अघिनै सम्पूर्ण काम सक्ने तयारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले फिनिसिंङ हुदैछ । पोखरी क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् । बोरिङ चलाउन ‘थ्री फेज’ विद्युतको लाइन जोडिएको छ । अहिले भने पोखरीमा मेलम्चीको पानी भर्न थालिएका छ ।

रानीपोखरीको पुर्ननिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर शिखर शैलीमा निर्माण गरेको छ । यो शैली १९९० सालको भूकम्पअघि थियो । सो भूकम्पले भत्काएपछि डोम शैलीमा मन्दिर पुर्ननिर्माण गरिएको थियो । जुन २०७२ सालको भूकम्पले भत्कियो ।अहिले पनि शिखर शैलीमा पुर्ननिर्माण भएको हो ।

तिहारमा खुल्ने बालगोपालेश्वर 

रानीपोखरी निर्माणको काम सकिनलागेसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न पाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाइदिने चलन छ । भूकम्पपछि पुर्ननिर्माण ढिलाई हुँदा लगातार ६ वर्ष यो मन्दिरमा भाईटिका लगाइदिन पाएका थिएनन् । यसपाली भाइटिका मंसिरमा परेको छ ।

हेर्नुहोस् फोटो पत्रकार सरोज बस्नेतले कैद गरेका केही तस्बिर

 

 

 

 

 


कस्तो लाग्यो ?

यो पनि