बैशाख ०५, २०८१, बुधबार
               

पैसा 'डिसइन्फेक्सन' गर्ने मेसिन आयो बजारमा

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ।  बुधबार सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मूल गर्ने कम्पनीले गरेको छ ।

खेम्स क्लिनिङ र र्‍यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी सामाग्री पनि डिसइन्फेक्सन गर्न सकिने बताइएको छ ।

कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरू समेत डिसइन्फेक्सन गर्न सकिने बताए। ३० सेकेण्डदेखि ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनले बताएका छन् । मेसिन न्यूरोडस्थित कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो ।  

कोरोना भाइरसले अहिले विश्‍व नै आक्रान्त बनिरहेका बेला पैसालगायत दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि