बैशाख ०७, २०८१, शुक्रबार
               

आजबाट सबै पसल र व्यावसाय सञ्चालन हुने, सवारीसाधनमा जोरविजोर यथावत

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको कारण लामो समयदेखि ठप्प भएको व्यवसाय र लामो दूरीका सवारीसाधन लगायत विभन्न चिज आजबाट सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन काठमाडौं कार्यालयले उपत्यकाको व्यावसायिक गतिविधिलाई खुकुलो बनाएको हो ।

यसभन्दा अगाडि सरकारले निर्धारण गरेको बार अनुसारको व्यवसाय सञ्चालन व्यवस्था मिलाएर हरेक दिन सुचारु गर्न पाउने व्यवस्था बनाएको छ ।

यद्यपि सवारीसाधन आवतजावतमा भने पहिलाको जस्तै जोर विजोरको नियम यथावत लागू हुने जिल्ला प्रशासन काठमाडौं कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासनले जारी सूचनामा सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई अझै पनि निषेध हुने गरिएको जनाइएको छ ।

उक्त सूचनामा भनिएको छ, ‘मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न, जात्रा, महोत्सव, भोज मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा निृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।’


कस्तो लाग्यो ?

यो पनि