बैशाख १३, २०८१, बिहीबार
               

डा. कोइरालाको आइसियुमा उपचार

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­१९ को संक्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । “अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।” उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ । 

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना संक्रमण देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि