बैशाख १३, २०८१, बिहीबार
               

अन्तेष्टिपछि कोरोना पुष्टि भएकी महिलाको परिवारका सदस्यहरुको आयो रिपोर्ट

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा दाहसंस्कार (अन्तेष्टि) पछि कोरोना संक्रमण पुष्टि भएकी महिलाको परिवारका सबै सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

पोखरा–५ की ४५ वर्षीया महिलामा अन्तेष्टिपछि (भोलिपल्ट) आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा कोरोना संक्रमण देखिएसँगै परिवारका सदस्यहरुको कोरोना परीक्षण गरिएको थियो ।

परिवारका सदस्य र नजिकका आफन्तसहित २२ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको पोखरा महानगरका स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

ब्लड क्यान्सरबाट पीडित ती महिलाको गत शुक्रवार राति सवा एक बजे पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको थियो । शनिबार उनको धार्मिक परम्परा अनुसार रामघाटमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारअघि महिलालाइ श्रद्धाञ्जली दिन पुगेका सांसद र वडाध्यक्षसहित करिब दुई सय जनाभन्दा बढी होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको पनि कोरोना परीक्षण गर्ने कार्य भइरहेको अधिकृत आचार्यले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि