बैशाख ०८, २०८१, शनिबार
               

दुई वर्षदेखि छोरीलाई बलात्कार

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

दाङ । दाङमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी बालिका आफ्नै झट्केलो बुबाबाट बलात्कृत भएकी हुन् ।

बालिका बलात्कार आरोपमा ६२ बर्षीय अभियुक्त पक्राउ परेका छन् । जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि उनी जेलबाट छुटेका व्यक्ति हुन् । 

पीडित पक्षलेआज (बुधबार) घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्ति (अभियुक्त) ले विगत दुई बर्षदेखि बालिकालाई यौन शोषण गर्दै आएका थिए ।

यसअघि डरधम्कीका कारण बालिकाले कसैलाई पनि घटनाको बारेमा थाहा दिएकी थिइनन् । पटक पटक बालिकामाथि यौन शोषण हुन थालेपछि (परिवारका अन्य सदस्यले घटनाबारे थाहा पाएपछि) प्रहरीमा उजुरी दिएको पीडित बालिकाको परिवारले बताएका छन् ।

यौन शोषणका कारण बालिकाकमा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको उनीहरुले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि