चैत १५, २०८०, बिहीबार
               

ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुरमा थप दुईजना कोराना संक्रमितको मृत्यु भएको छ ।

निदान अस्पताल र सुमेरु अस्पतालमा काठमाडौं र रामेछापका दुई जना कोराना संक्रमितको मृत्यु भएको हो ।

सुमेरु अस्पतालमा उपचाररत काठमाडौंकी ८१ वर्षीय महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनलाई भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच, निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको पनि मंगलबार मृत्यु भएको छ । उनलाई २४ गते भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि