बैशाख ०७, २०८१, शुक्रबार
               

फुटबलर राजेश परियार भारतीय क्लबमा अनुबन्ध

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । 

भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । 

उनले सामाजिक सञ्जालमार्फत आफू भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएका हुन् । आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन् । 

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिएयो । 

परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए । 

अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि