बैशाख ०४, २०८१, मंगलबार
               

प्रधानमन्त्रीका कारण संवैधानिक रिक्त पद पूर्ति हुन नसकेका हुन् : प्रवक्ता शर्मा

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति हुन नसकेको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरीका कारण संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको आरोप लगाए । 

सरकार आफैँ काम नगर्ने अनि अपजस प्रतिपक्षीलाई दिन नहुने उनले बताए । राम्रा कामको जस सरकारले लिन खोज्नु स्वाभाविक भएपनि काममा ढिलासुस्ती, गर्न नसकेका/नगरेका काममा प्रतिपक्षीलाई दोषी देखाउने प्रधानमन्त्रीको प्रवृति  गलत रहेको उनको भनाइ थियो । 

हाल १३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त छन् । 

यो पनि