चैत १५, २०८०, बिहीबार
               

कर्मचारीको तलब २० प्रतिशतसम्म बढाउने एन्फाको तयारी

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारीको तलब १० देखि २० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । 

एन्फा स्रोतका अनुसार नोबेल कोरोना भाइरसको महामारीका बीच पनि एन्फाले केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसमिति बैठकले कर्मचारीको तलब बढाउने तयारी गरेको हो । 

यसअघि एन्फामा कर्मचारीको तलब बढाउन कर्मचारीले नै दबाब दिँदै आएका थिए । कर्मचारीले साउनदेखि नै तलब बढाउन अध्यक्षलाई दबाब दिए पनि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्दा कर्मचारीको तलब बढ्न सकेको थिएन।


कस्तो लाग्यो ?

यो पनि