बैशाख १२, २०८१, बुधबार
               

चितवनमा निषेधाज्ञा खुकुलो : जोर-विजोर प्रणालीमा सवारी सञ्चालन

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

चितवन । कोरोना संक्रमण बढेसँगै चितवनमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाइने भएको छ । 

केही दिनअघि बजारहरु निश्चित समयका लागि सञ्चालनमा ल्याइएकोमा भोलिदेखि भने सबै पसलहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । 

स्थानीय प्रशासनले आज सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । 

भोलि (असोज १ गते) देखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गर्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

चितवनमा भोलिदेखि निजी सवारी साधन जोर विजोर प्रणालीमा संचालन गर्न दिइने उनले बताए । सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा भने छलफल भइरहेकोछ ।

अत्यावश्यक बाहेकका पसल बिहान १० बजेदेखि पाँचबजेसम्म खोल्न मिल्नेगरी निर्णय हुनसक्ने बताउँदै आज दिउँसोसम्ममा औपचारिक निर्णय सार्वजनि हुने जानकारी दिए ।

विवाह, ब्रतबन्ध जस्ता सामाजिक तथा धार्मिक कार्य साथै अन्य भेला, जमघटलाई भने अझै केही समयसम्म निषेध गर्ने प्रशासनको तयारी छ ।

चितवनमा साउन ३२ गतेदेखि निषेधज्ञा जारी गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि