बैशाख १४, २०८१, शुक्रबार
               

बिल गेट्सका पिताको निधन

एजेन्सी
भदौ ३१, २०७७

ADVERTISEMENT

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरको विरामी थिए । विलियम हेनरी गेट्स द्वतीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए  । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताए ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्वतीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेसाबाट निवृत्त थिए ।


कस्तो लाग्यो ?

यो पनि