चैत १६, २०८०, शुक्रबार
               

विदेशमा अलपत्र परेका नेपालीलाई दसैँअगाडि नै स्वदेश फर्काइयोस् : डा. संग्रौला

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपालीलाई दसैँअगाडि नै स्वदेश फर्काउन माग गरेकी छन् । 

कांग्रेस केन्द्रीय सदस्य डा. संग्रौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकी हुन् । सो विज्ञप्तिमा उनले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार उडान सुरु नगरेको भन्दै  खेद व्यक्त गरेकी छन् ।

‘खाडी मुलुकहरुमा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन इच्छुक छन् । तीमध्ये कतिपय महिला, बेरोजगार तथा अशक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा सुरु गरेको छैन, जुन खेदजनक छ,’ उनले भनेकी छन् । 

यसका अलवा उनले नेपाल फर्किन चाहने प्रवासी नेपालीहरुलाई छिटो स्वदेश फर्काउन आफूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री र पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएको सो विज्ञप्तिमा उनले उल्लेख गरेकी छन् ।

यो पनि