बैशाख १३, २०८१, बिहीबार
               

होम आइसोलेसनमा बसेका शशांक कोइराला अस्पताल भर्ना

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । 

उनका अनुसार गएराति स्वरो बढेपछि कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो । 

उनलाई निमोनिया भएको चिकित्सकले प्रारम्भिक अनुमान गरेका छन् ।  उनको थप परीक्षण गरिने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि