बैशाख ०६, २०८१, बिहीबार
               

ओलम्पियन नयना दम्पतीलाई कोरोना

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट संक्रमित भएकी छन् । शाक्यसँगै उनका श्रीमान् पूर्वबास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्  ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट संक्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराइन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरूले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् 

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद सागमा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि