बैशाख ०८, २०८१, शनिबार
               

हाेटल, आन्तरिक उडान र लामाे दूरीका बस असाेज १ बाट खुल्ने

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

 सरकारले अन्तरिक हवाई उडान, लामाे दूरीका बस  र होटल रेष्टुरेन्टहरू पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते  बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार  सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ ।

साथै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

यो पनि