चैत १६, २०८०, शुक्रबार
               

प्रदीपले साइन गरे दिनेशको चलचित्र

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

निर्देशक दिनेश राउतले निर्देशन गर्ने नयाँ चलचित्रमा प्रदीप खड्का अनुबन्धित भएका छन् । सामाजिक कथाबस्तुमा बन्न लागेको चलचित्रको लागि प्रदीपले लिखित सम्झौता गरिसकेका छन् ।

अभेनता प्रदीप र निर्देशक दिनेशले गायक अरुण थापाको बायोपिकमा एकसाथ काम गर्ने समाचार बाहिरिएको थियो । तर,उक्त चलचित्रमा उनीहरुको सहकार्य हुन सकेन । अहिले उनीहरु नयाँ चलचित्रको तयारीमा जुटेका हुन् । 

कोरोनाको त्रास सकिएलगत्तै दिनेश र प्रदीपको सहकार्यमा बन्ने चलचित्रको छायांकन सुरु हुनेछ । निर्देशक दिनेशले यो लकडाउनको समयलाई सदुपयोग गर्दै चलचित्रको फाइनल स्क्रिप्ट तयार गरिसकेका छन् ।

'प्रसाद' चलचित्रको निर्देशन तथा 'सेल्फी किङ'को निर्माणपछि दिनेशले नयाँ चलचित्रको काम सुरु गर्न लागेका हुन् । दिनेशले रोहित अधिकारीको निर्माणमा बन्ने चलचित्र र 'मेरो एउटा साथी छ २' पनि निर्देशनको तयारी गरिरहेका छन् ।

त्यस्तै, अभिनेता प्रदीप पनि आफ्नो चलचित्र 'प्रेम गीत ३'को रिलिजको पर्खाइमा छन् । त्योसँगै प्रदीपले 'हुतुतु'मा पनि काम गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि