बैशाख ११, २०८१, मंगलबार
               

अमेरिकामा डढेलो नियन्त्रण गर्न नसकेकोमा ट्रम्प प्रशासनको आलोचना

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडाैं । अमेरिकामा तीनवटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।

अगष्टको सुरुदेखि क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कैयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।

अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ । डढेलोका कारण अमेरिकाको जलवायुमै परिवर्तन आउन सक्ने वातावरणविद्ले चेतावनी दिएका छन्, डढेलोकै कारण केही ठाउँको तापक्रम ४८ डिग्रीभन्दा माथि पुगेको छ ।

यसैबीच डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भएको छ । डढेलो नियन्त्रण गर्न ट्रम्प प्रशासनले ध्यान नदिएको र ठूलो क्षति बेहोर्दा पनि अञ्जान जस्तो गरेको भन्दै ट्रम्पको आलोचना भएको हो । 

डढेलोप्रति ट्रम्पको बेवास्ताको असर आउँदो नोभेम्बरमा हुने चुनावमा देखिने आँकलन गरिएको बिबिसीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि