बैशाख ०८, २०८१, शनिबार
               

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने फुटबलर, कसको कमाइ कति ?

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अर्जेन्टिनी स्टार लियोनल मेस्सी विश्वमा सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन् ।

उनी २०२० को सर्वाधिक कमाउने फुटबलर बनेको फोब्र्सले सार्वजनिक गरेको छ। फोब्र्सका अनुसार उनको वार्षिक आम्दानी १२६ मिलियन अमेरिकी डलर छ ।

त्यस्तै दोस्रो स्थानमा रहेका युभेन्टस स्टारको वार्षिक आम्दानी ११७ मिलियन अमेरिकी डलर रहेको छ ।

सर्वाधिक कमाउने फुटबलरमा ब्राजिलियन स्टार नेयमार जुनियर तेस्रो नम्बरमा छन् भने पीएसजीकै केलियन एम्बाप्पे चौथो नम्बरमा छन् ।

यता प्रिमियर लिगका खेलाडी मोहम्मद सलाह र पाउल पोग्वा पाँचौ र छैटौं नम्बरमा छन् भने डेभिड डि गिया शीर्ष १० भित्र परेका छन् ।

त्यस्तै बार्सिलोनाका एन्टोनी ग्रिजम्यान सातौँ स्थानमा छन् भने बार लेवरकुसनका रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा छन् ।

यता, रियल मड्रिड र वेल्सका फरवार्ड ग्यारेथ बेल पनि शीर्ष १० मा छन् । 

गएको सिजनका अधिकांश खेलमा उपस्थित नरहेका वेल्समेन बेलको वार्षिक आम्दानी भने २९ मिलियन डलर रहेको छ । उनी सर्वाधिक कमाउने खेलाडीको आठौं नम्बरमा छन् ।

कुन खेलाडीको आम्दानी कति ?

लियोनेल मेस्सी : १२६ मिलियन अमेरिकी डलर

क्रिस्टियानो रोनाल्डो : ११७ मिलियन अमेरिकी डलर

नेयमार : ९६ मिलियन अमेरिकी डलर

केलियन एम्बाप्पे : ४२ मिलियन अमेरिकी डलर

मोहम्मद सलाह : ३७ मिलियन अमेरिकी डलर

पाउल पोग्बा : ३४ मिलियन अमेरिकी डलर

एन्टोनी ग्रिजम्यान : ३३ मिलियन अ‍ेमरिकी डलर

ग्यारेथ बेल : २९ मिलियन अमेरिकी डलर

रोबर्ट लेवान्डोस्की : २८ मिलियन अमेरिकी डलर

डेविड डि गे : २७ मिलियन अमेरिकी डलर


कस्तो लाग्यो ?

यो पनि