बैशाख १३, २०८१, बिहीबार
               

बलिउड अभिनेता सलमान खानलाई अदालतमा हाजिर हुन आदेश

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय बलिउड स्टार अभिनेता सलमान खानलाई अदालतमा हाजिर आदेश भएको छ । कालो हरिण शिकारको लागेका अभिनेता खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा हाजिरहुन आदेश दिएको हो ।

सोमबार अभिनेता सलमान खानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं हाजिर हुन आदेश दिइएको छ ।

उनि अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान हाजिर हुनुपर्ने अदालतको आदेश छ । यसमा सलमान उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट भएको छैन ।

अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । त्यही आरोपमा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । अहिले उनि जमानतमा बाहिर रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि